पूर्व राजा ज्ञानेन्द्र पत्नी कोमलसहित फ्रान्सको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन।
मुलुकमा गणतन्त्र स्थापना भएको ५ बर्षपछि पूर्व राजारानी युरोप भ्रमणमा गएका हुन।
पूर्व राजदम्पतीलाई विदाई गर्न उनका शुभ चिन्तक तथा राजावादीहरु विमानस्थल पुगेका थिए।
यस अघी हिमानी ट्रष्टको कार्यक्रमका लागि पूर्व राजपरिवार फ्रान्स जान लागेको बताइएको थियो।
पूर्व राजा ज्ञानेन्द्रसंग रानी कोमल, पूर्व युवराज्ञी हिमानी, पूर्व अधिराज कुमारी प्रेरणा र नाती तथा नातिनीहरु पनि फ्रान्स गएका हुन।
दुई साता लामो भ्रमणमा पूर्व राजाले फ्रान्सेली नेताहरुसंग भेटघाट गर्ने जनाइएको छ ।
भ्रमणका क्रममा पूर्व राजा युरोपका अन्य मुलुक र दुबई पनि जाने कार्यक्रम रहेको बताइएको छ ।