आज मुक्त कमैया दिवस । कमैया मुक्ति घोषणा भएको वा-ह वर्ष पुगिसक्दा पनि मुक्त कमैयाहरुको समस्या जस्ताको तस्तै छ ।
मध्य तथा सुदुरपश्चिमका पांच जिल्ला दाङ, बांके, बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका कमैयालाई तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साल साउन २ गते मुक्त घोषित गरेको थियो ।
मुक्त घोषणासंगै सरकारले कमैयाहरुका लागि जग्गा, घर बनाउने काठ र लागेको श्रृण मिनाह गरेको थियो । तर, मुक्त भएको एक दशक बितिसक्दा पनि उचित पुर्नस्थापना र राहत नपाउंदा मुक्त कमैया कष्टपूर्ण जीवन बिताउन बाध्य भएका छन् ।
मुक्त कमैयाका क्षेत्रमा कार्यरत संस्था र थारु अगुवाहरुले मुक्त कमैयाको पुर्नस्थापना गर्न र कम्लहरी राख्ने प्रचलनको अन्त्य गर्न सरकारसंग माग गरेका छन् । – RSS