दक्षिण एशियाली महिलाहरुको संञ्जाल सार्क उद्यम महिला संगठनको चौथो सम्मेलन काठमाडौंमा सुरु भएको छ । सम्मेलनमा सार्क क्षेत्रका महिलाहरुको अवस्था र भावि रणनीतिको बारेमा छलफल हुने छ ।
सम्मेलनमा बोल्दै महिला तथा बालबालिका मन्त्री बद्रीप्रसाद न्यौपानेले पितृसत्तात्मक सोचका कारण सार्क क्षेत्रका महिलाहरु सामाजिक, आर्थिक एंव राजनीतिक रुपमा पछाडि परेको भन्दै महिला सशक्तिकरण र लैंगिक समानतामा जोड दिनुभयो । मन्त्री न्यौपानेले नेपालमा महिलाहरुको लागि उद्योग दर्ता शुल्कमा ३५ प्रतिशत छुटको व्यवस्था गरेको जानकारी गराउनुभयो ।
उहाँले औद्योगिक प्रतिष्ठानहरुमा हुने लैगिंक हिंसा विरुद्धको आचार संहिता लागु गरीसकेका जानकारी पनि दिनुभयो । नेपालका लागि भारतीय राजदूत जयन्तप्रसादले सार्क क्षेत्रका महिलाहरु एक हुन सके मात्र आर्थिक तथा सामाजिकरुपमा अगाडि बढ्न सक्ने बताउनभयो । सम्मेलन २ दिन सम्म चल्ने छ । RSS