एकीकृत माओवादीको विस्तारित बैठकको दोस्रो दिन प्रचण्डको राजनैतिक प्रतिवेदनमाथि छलफल

एकीकृत नेकपा माओवादीको विस्तारित बैठकको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि छलफल हुँदैछ ।

 

भृकुटी मण्डपस्थित सभाहलमा भईरहेको विस्तारित बैठकमा देशभरका झण्डै ५ हजार माओवादी नेता तथा कार्यकर्ता सहभागी छन् ।

 

बैठकमा हिजो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३८ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो । सो प्रतिवेदनमाथि विभिन्न १४ समूह बनाई छलफल जारी छ ।

 

समूहगत छलफलबाट आएको निष्कर्षलाई टोली नेताले बैठकमा प्रस्तुत गर्नेछन् । आज अपरान्हसम्म समूह छलफलको निष्कर्ष प्रस्तुत हुने माओवादीले जनाएको छ ।