दाङदेउखुरीका बाढी पीडितलाई राहत वितरण

दाङ   – ओएनएस दाङ देउखुरीका बाढी पीडितलाई देउखुरी उद्योग वाणिज्य संघको नेतृत्वमा आज राहत वितरण गरिने भएको छ ।
 
आज बिहान वाणिज्य संघको लमहीमा बसेको आकस्मिक वैठकले लालमटिया, सोनपुर र सिसहनिया गाविसका बाढी पीडितलाई राहत वितरण गर्ने निर्णय गरेको संघका अध्यक्ष लिलाराम खनालले जानकारी बताए ।
 
वाणिज्य संघले सोनपुरमा दिउसो २ बजे र सिसहनियामा साढे तिन बजे राहत स्वरुप खाद्यान्न प्रदान गरिएने भएको हो ।
 
यसैबीच सोनपुर(३ डोढइका विस्थापीत ६१ घर परिवारलाई नर्तिको सूर्य विनायक माध्यमिक विद्यालयमा सारिएको छ । उनीहरुलाई खान र वस्नकालागि नर्तिका युवाहरुले सहयोग गरेका छन् । लमहीका केही व्यापारीले खाद्यान्न उपलब्ध गराएको नेपाल रेडक्रस सोसाईटी लमहीका सभापति थानेश्वर गैरेले जानकारी दिए ।
 
बिहीबारको बाढीबाट तीन गाविसका ३ सय घर बाढीको डुवानमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले ओएनएसलाई बताए । बाढीबाट २ हजार घरपरिवार प्रभावित भएका छन् ।

-RSS