चीनको सिचुवान प्रान्तमा जारी अविरल बर्षाका कारण जनजीवन अस्तब्यस्त बनेको छ ।
भारी बर्षापछी ठाउँ ठाउँमा पहिरो जानुका साथै सडकहरु भासिएका छन् ।
चीनका अधिकांश शहर जलमग्न हुनुका साथै कयौं घर डुबानमा परेका छन् । बिद्यालय र कलेजहरु समेत डुबानमा परेकाले पठनपाठन बन्द गरिएको छ । बिजुली आपूर्ती बन्द हुनुका साथै यातायात सेवा समेत अवरुद्ध छन् ।
बाढी प्रभावितहरुका लागि बनाईएको अस्थायी आश्रयस्थल समेत डुवानमा परेको छ । गत साता देखि भईरहेको अविरल बर्षा अझै केही दिन जारी रहने मौसमबिदहरुले जनाएका छन् ।