ब्रुनाईमा बेल २१२ हेलिकप्टर दुर्घटना हुंदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।
मारिनेमा अधिकांश तालिम सकेर घर फर्किएका सेनाको क्याडेट रहेको बताइएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् भने एक जना हराइरहेका छन् ।
हेलिकप्टर उलु बेलाइटबाट राजधानी बन्दर सेरी बेगावान तर्फ जांदै थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन् ।