डेनभर सिनेमा हलभित्रको हत्यापछि अमेरिकामा शोक

कोलाराडो – सिनेमा हलभित्रको हत्यापछि अमेरिकामा शोक छाएको छ । फिल्मको प्रिमियरको क्रममा बिहिबार मध्यराती कोलाराडो राज्यको डेनभर शहर नजिकैको सिनेमा हलमा एक व्यक्तिले गोली प्रदार गर्दा १२ जनाको मृत्यु भएका थिए भने ३८ घाइते भएका थिए ।
 
अमेरिकीहरुले आँसुमा बाँधिएर श्रद्धाञ्जलीस्वरुप मैनबत्ती बालेका छन् । आक्रमणप्रति नेताहरूले चिन्ता व्यक्त गरेका छन् । अमेरिकामा बन्दुक नियन्त्रण गर्नुपर्ने विवाद पुनः सुरु भएको छ । बम विशेषज्ञले शुक्रबार डेनभरको बाहिरी भागको औरोरा नगरको होम्सको निवासमा प्रवेश गर्न प्रयास गरेका थिए । उनीहरूले उक्त घरमा प्रवेश गरेपछि आक्रमणको कारण जान्न सकिने धारणा राखेका छन् ।
 
होम्सको निवासमा धेरै तार जेलिएको, गोलीले भरिएको भाँडा र अन्य तरल पदार्थले भरिएको भाँडा देखिएको प्रहरी प्रमुख डान ओट्सले बताए । उनले उक्त निवासमा सुरक्षित रूपमा प्रवेश गर्नु चुनौतीपूर्ण रहेको पनि उल्लेख गरेका छन् ।
 
चौबीस वर्षीय उक्त आक्रमणकारीले दुई महिना अगाडि इन्टरनेट मार्फत छ हजार ुराउन्डु गोली तथा चार बन्दुक कानुनी रूपमा खरिद गरेको जानकारी प्राप्त भएको छ । कोलोराडो स्वास्थ्य विद्यालयमा भर्ना भएका होम्सको द्रुतगतिमा गाडी चलाएको बाहेक अन्य कुनै फौजदारी विवरण नभएको देखिएको छ ।
 
प्रहरीले मोबाइल भर्‍याङ ल्याएर झ्यालबाट पनि उक्त निवासभित्र पस्ने प्रयास गरेको देखिएको छ । न्युयोर्कमा ब्याटम्यानका सिनेमा देखाइएका हलमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । हाल सिनेमा हलमा मुकुन्डो तथा खेलौना हतियार पनि लैजान निषेध गरिएको छ । औरोरामा यस्ता कुरा सिनेमा हलमा सामान्य मानिन्थ्यो । यसै कारण होम्सल आफ्नो हतियार लैजान पाएको अनुमान गरिएको छ ।
 
पेरिसमा यो सिनेमा प्रदर्शन कार्य स्थगन गरिएको छ । राष्ट्रपति ओबामा फ्लोरिडा भ्रमणबाट फर्केका छन् ।     ुयस्तो हिंसा तथा सैतानी कार्य अर्थहीन छ,ु ओबामाले फ्लोरिडामा भने । यस घटनापछि नै केही व्यक्ति तथा राजनीतिक नेताले यस्ता घातक हतियारमा प्रतिबन्ध लगाउने कानुन माग गरेका छन् । राष्ट्रपति ओबामाले छ दिनका लागि अमेरिकी झण्डा आधा झुकाउन आदेश दिएका छन् ।