– उमाकान्त पाण्डे गाउंले
जन्मेको १४ बर्ष नहुँदै बाबु आमाको पछी पछी लागेर सारङगी रेट्दै हिंड्ने गरेका मानबहादुर गन्धर्भ अहिले ४६ बर्षको हुँदा सम्म त्यो पेशा बाट सन्तुस्ट हुन सकेका छैनन ।
मिठा मिठा भाकामा आफ्नो स्वर थप्ने र शुखदुख गुनगुनाउने मुठी, मानो – पाथी मागेर पारिवारिक खर्च जुटाउने गन्धर्भको यो पुउरानो पेशा सुरक्षित र भरपर्दो हुन नसक्दा उनीहरुका सपना अधुरा भएका हुन ।
“बस्नलाई बास राम्रो छैन, खानलाई गास छैन , दुई चार वटा घर चाहर्ने हो भने केही त हुन्छ तसर सधैं भरी एउटै गाउं कहाँ जानु? ” मानबहादुरले भने । उनीभन्छन “हामी त दु:ख सुख गरेर आफ्नो उमेर पार गर्न लाग्यौ , हाम्रा बालबच्चाले कसरी जिविको गर्लान ?” नेताहरुले हामी माथि राजनिती गर्छन् , सविधान सभाको चुनाव ताका आफ्नो गाउंठाउँमा नेता हरु भोट् माग्दै आएको अहिले कहाँ छन थाहा नपाएको समेत उनीहरुको गुनासो छ ।
अर्घा १ का मानबहादुर गन्धर्भ अझै पनि आफ्नो पेशा र जिविको चलाऊन दैनिक सारङगी रेट्दै गाउ डुल्ने गर्छन् । उनका अनुसार अहिले गाउंमा सारङ्गी समेत पाइन छोडेको छ। उनी भन्छन अब पेशा जोखिममा पर्दै छ , मेरा ३ छोरा छन ५ छोरी , तर कसैले यो पेशा अगाल्छु भन्दैनन । कमै छैन गर्नु पर्नी कसरी ? मानबहादुरको दुखेसो हो यो ।
अर्घा अर्घाखाँचीको क्षेत्र नम्बर १ मा पर्छ । गत सबिंधान सभाको निर्वाचनमा यसै क्षेत्रका त्यो पनि सोही गाविसका २ नम्बर वार्ड बाट सभासद बनेका टोप बहादुर रायमाझीले गन्धर्भलाई छुट्टै नमुना घर बनाइदिने आश्वासन दिए पनि अहिले कुनै वास्ता नगरेको गन्धर्भहरुको गुनासो छ। “बनाइदिन्छन कि भन्ने ठुलो आशा थियो’ किन बनाइदिन्थे हामीलाई घर, बरु आफ्नै घर पो बनाए’ पटक पटक मन्त्री भए तर हामीलाई हेरेरन, भोट पाउन मात्र हो रहेछ क्यारे ‘ मानबहादुरले भने।
हिउदको सुकिलो मौसममा तराइ तिर गएर गुजारा चलाऊछौ , अहिले यतै गाउ तिर डुल्छौ सारङगी रेट्डै हिंड्ने अर्का दुनबहादुर गन्धर्भले बताए । हामीलाई त गाउमा लगभग सबैले चिन्छन सधैं गईरहदा केही भन्छन कि भन्ने पनि डर लाग्छ उनले भने।
अर्घामा गन्धर्भका २७ घरधुरी छन । तर अहिले घट्दै गएका छन । घरधुरी घट्नु बसाइ सराइ एउटा कारण हो । जिविको पार्जन गर्न धौ धौ हुनु बसाइ सराइ गर्नुको कारण हो ।
मानबहादुरका ३ छोरा मध्ये एक सानै भएकोले बार्हखरी भएपनी पढ्दै छ , अर्को छोरा यही गाउघरमा बिजुलीको काम गर्छन अर्को चाँही भारत गएको छ । अब आफ्नो बिडो कस्ले थाम्ला मानबहादुरलाई चिन्ता छ ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।