अर्घाखाँचीको नरपानीमा फोर्स जीप दुर्घटना, १५ जनाको मृत्यु / १३ जनाको मात्र सनाखत-शनाखत भएकाको पूर्ण विवरण सहित

Photo8





उमाकान्त पाण्डे गाउंले – तथा अर्घाखाँची डट्कम् जिल्ला ब्युरो


नरपानी, अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क गोरुसिंगे सडकखण्डको नरपानीस्थित दहखोलामा आईतवार साँझ यात्रुबाहक फोर्स जीप दुर्घटनाग्रस्त हुँदा १५ यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।

 


बुटवलवाट सन्धिखर्कतर्फ आउँदै गरेको जीप साँझ ५ वजेतिर दहखोलाको भीरवाट करिव २ सय मिटर तल खोलामा खसेर दुर्घटनाग्रस्त बनेको थियो । देउराली यातायात समितिद्वारा संचालित वा २ ख ७९४८ नम्वरको जीप दुर्घटनामा ९ पुरुष र ६ महिला यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्ये मृतक मध्ये १३ जनाको मात्र सनाखत भएको छ भने २ जनाको हुन बाँकी छ ।




राति अवेरसम्म सनाखत हुनेहरुमा अर्घाखाँची केरुङ्गा घर भई राष्ट्रिय अनुसन्धान अर्घाखाँचीका अधिकृत मेघराज खनाल, दाङ्ग घर भएका अनुसन्धान सूचक कृष्ण चौधरी, बागीका नारायण पन्थी, बाङ्गलाकी सिता बस्नेत र कपिलवस्तु घर भएका जीप चालक राजेन्द्र चौधरी रहेका छन । राति अवेर भएकोले अन्य मृतकको सनाखत हुन सकेको छैन । उनीहरुको शव जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।

 


झाडि र चट्टानमा बर्जदै खोलामा खसेको जीप कुच्चिएकोले उद्वार गर्न कठिनाई भएको अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अरुण पौडेलले बताए ।