सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको नरपानी गाविसस्थित नर्तानाञ्चल पहाडमा रहेको चुनढङ्गा खानीबाट उल्खननको काम तत्काल बन्द गर्न माग गर्दै स्थानीय वासिन्दाले सदरमुकाम सन्धिखर्कमा विरोध प्रर्दशन गरेका छन् ।
सयौंको संख्यामा रहेका स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय बाहिर नाराबाजी गरेका थिए ।
उक्त खानीबाट चुनढुंगा निकालेर संचालन गर्न लागिएको अर्घाखाँची सिमेन्ट उद्योगले आफुहरुसंग गरेको कुनैपनि प्रतिवद्धता कार्यान्वयन नगरेको भन्दै उनीहरुले विगत ९ महिनादेखि उत्खननमा रोक लगाउँदै आएका छन् ।
सहमति कार्यान्वयन नभए कुनै पनि हालतमा चुनढुंगा निकाल्न नदिने र सिमेन्ट कार्खाना संचालन गर्न पनि नदिने अडान उनीहरुले लिएका छन् ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।