बिलासी बनेको भन्दै आलोचना भएपछि ए. माओवादीका पुष्पकमल दाहालद्धारा महँगो प्राडो गाडी फिर्ता

काठमाडौं – प्राप्त समाचार अनुसार  ए. माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूले चढ्दै आएको महँगो प्राडो फिर्ता गर्न सचिवालयलाई निर्देशन दिएका छन् ।


बिलासी बनेको भन्दै सातौं विस्तारित बैठकमा आलोचना भएपछि दाहालले सुविधा फिर्ताको घोषणा गरेका थिए ।

 

दाहालको निजी सचिवालय स्रोतका अनुसार महँगो प्राडो सरकारलाई नै फिर्ता दिइनेछ भने सरकारले दिने सुविधाबापतको सवारी नै दाहालले प्रयोग गर्नेछन् ।

सरकारले पूर्वप्रधानमन्त्रीलाई ४० लाख बराबरको गाडी सुविधा दिने निर्णय गरिसकेको छ ।


सचिवालयका अनुसार दाहालले घोषणा गरेको लाजिम्पाटको घर छाड्नेलगायतका निर्णय पनि क्रमशः लागू गर्दै लगिनेछ ।