फोर्स जिप दुर्घटनामा परी एकै पटक १५ जनाले ज्यान गुमाए पछी अर्घाखाँची शोकमा

– गणेश खनाल
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा फोर्स जिप दुर्घटनामा परी एकै पटकमा १५ जनाले ज्यान गुमाए पछी अर्घाखाँची शोक मग्न भएको छ ।
 


 


साथै ५ जना यात्रु गम्भीर घाईते भएका छन् । आईतवार साँझ दहखोलामा ज्यान गुमाएका सबैको सनाखत भएको छ।
 

बुटवलबाट सन्धिखर्क जाँदै गरेको बा २ ख ७९४८ नम्बरको फोर्स जिप गोरुसीङ्गे-सन्धिखर्क सडकखण्डको दह खोलामा बेलुका ५ बजे सडकबाट करीब २ सय मीटर तल खोलामा खसी दुर्घटना ग्रस्त भएको थियो ।
 

गाडीमा सवार यात्रुहरुमध्ये जीवित ५ जना यात्रुहरु पनि बोल्न सक्ने अवस्थामा नरहेको कारण घटना कसरी घट्यो भन्ने यकिन विवरण आउन बाँकी रहेको छ । घाईतेहरुको घाईते मध्ये ५ जनाको चितवन मेडिकल कलेजमा उपचार भईरहेको जनाएको छ ।
 

सदरमुकाम सन्धिखर्कबाट ७ कि.मि. नजिकै रहेको दुर्घटना स्थलमा प्रहरी नेपाली सेना र ठुलो संख्यामा पुगेका स्थानीय बासिन्दाहरुले  उद्धार गरेका थिए ।
 
सनाखत भएका नाम विवरण:
 
१-  नारायण प्रसाद पन्थी,  ३० वर्षिय, बाँगी २, गाडी मालिक 
२- राजेन्द्र चौधरी, २७ वर्षिय, कपिलवस्तु बुड्डी ६
३- पदम क्षेत्री,  १८ वर्षिय, सीतापुर-३
४- मेघराज खनाल, २५ वर्षिय, केरुङ्गा ६ घर भई जन सम्पर्क कार्यालय सन्धिखर्कमा कार्यरत
५,- कृष्ण चौधरी, ४२ वर्षिय, दाङ्ग गडवाह
६- सीता बस्नेत, २२ वर्षिय, वाङ्गला ३ देउराली
७- मीना नेपाली, हंसपुर-१
८- शारदा बेल्बासे, २७ वर्षिय, कपिलवस्तु महेन्द्रकोट भेलाई १
९- ओमप्रकाश बेल्बासे, कपिलवस्तु महेन्द्रकोट भेलाई १
१०- चेतकला न्यौपाने, ४६ वर्षिय, जुकेना-२
११- शान्ता अधिकारी, ३९ वर्षिय, ठाडा-९
१२- केशव थापा, ३५ वर्षिय, ढाकावाङ्ग ५
१३- कमला पौडेल, खाचिकोट ५
१४- अंगद मुसहर, २२ वर्षिय, नवलपरासी रुपेडिया २
१५- गेडाहा मुसहर, ३२ वर्षिय, नवलपरासी २
 
 
सबै १५ जना  मृतकहरुको शव आफन्तलाई बुझाई सकेको जनाईएको छ  ।
 
 
                                                                 समवेदना 
 
हिजो मात्र हाम्रो जिल्लाको नरपानी ५ दहखोलामा भएको सवारी  दुर्घटनामा जिवन गुमाउनेहरुलाई हार्दिक श्रदान्जली व्यक्त गर्दछौ ।  उहाहरुको परिवारमा धैर्यधारण गर्नसक्ने क्षमता प्रदान गरुन भन्ने कामना गर्दछौ । जिल्ला शोकमा डुबेको र हामी प्रवासमा कार्यरत प्रवासी अर्घेलीहरु पनि शोकमा भएकोले यो समवेदना प्रकट गर्न चाहन्छौ । साथै दुर्घटनामा परी अस्पतालमा उपचाररत सम्पूर्ण घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौ । 
राजु खड्का                                                                      रविलाल खनाल
अध्यक्ष                                                                                 अध्यक्ष  
अर्घाखाँची संपर्क समिती यूएई                          अर्घाखाँची सामुहिक बचतकोष यूएई
                                                   तथा परिवार                                  
                 
                                                  सम्युत्त अरब एमिरेट्स  


Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।

अन्य समाचारहरु