विश्वको सबैभन्दा अग्गो भवन दुबईको बुर्ज खलिफाको धेरै तला खाली भए पछि यसका सञ्चालकहरु समस्यामा परेका छन् । भवनको ९ सय विलासितापूर्ण अपार्टमेण्ट र ३७ तलाका कोठाहरु मध्ये करिब २० तलाका सयौं कोठा पूरै खाली रहेका छन् ।
चर्को भाडाका कारण यति धैरे तलाहरु खाली भएको बताइएको छ । ८ सय २८ मिटर अग्लो गगनचुम्बी यो भवन निर्माण पूरा हुनु अगाडि नै यसका सबै तला बिक्रि भैसकेका थिए । तर अहिले व्यापारिक प्रयोजनका दुई तिहाई भाग भने खाली हुन पुगेका छन् ।
बुर्ज खलिफा देखि ५० मिटरको दूरामा रहेको अर्को गगनचुम्बी भवनले आधा सस्तोमा कोठा दिन थाले पछि बुर्ज खलिफा मारमा परेको बताइएको छ । बुर्ज खलिफाको प्रत्येक तलाका मालिक अलग अलग हुनु पनि यति धेरै तला खाली हुनुको अर्को कारण भएको बताइएको छ ।
अहिलेको समयमा बहुराष्ट्रिय कम्पनीको आवश्यकता अनुसार यहां सुविधा नभएकाले पनि व्यापारिक आकर्षण कम भएको अनुमान गरिएको छ । व्यापारिक प्रयोजन बाहेक ८० प्रतिशत लक्जरी फ्लाटमा भने पर्यटकको आकर्षंणमा कुनै कमी आएको छैन् । सन् २०१० जनवरीमा सञ्चालनमा ल्याइएको बुर्ज खलिफा निर्माणमा नेपाली कामदारहरुको पनि संलग्नता थियो ।