– कृष्ण खनाल
बुटवल साउन ८ । पश्चिम नेपाल वस ब्यवसायी समितिका अध्यक्ष कलाधर न्यौपानेको सोमबार बिहान निधन भएको छ । हृदय घातका कारण ६१ वर्षिय न्यौपानेको बुटवल १५ बेबासस्थित आफ्नै निवासमा हृदयघातको कारण निधन भएको हो ।
स्व. न्यौपानेको सोमबार नै सामाजिक परम्परा अनुसार बुटवलको मगरघाटमा दाहासंस्कार गरिएको छ ।
एकीकृत नेकपा माओवादिका अवध राज्य समिती सदस्य समेत रहनुभएका स्वं न्यौपानेका श्रीमती २ छोरा र १ छोरी हुनुहुन्छ ।
अध्यक्ष न्यौपानेको निधनप्रति पश्चिम नेपाल बस व्यवसायी समितिले दुःख व्यक्त गरेको छ ।
संघका महासचिव गणेशबहादुर भट्टराईले विज्ञप्ती जारी गरी अध्यक्ष कलाधर न्यौपानेको निधनका कारण िसंगो यातायात क्षेत्रले आफनो अभिभावक गुमाएको बताउनुभएको छ ।
बिज्ञप्तीमा यातायात ब्यबसायीहरुको पक्षमा निरन्तर खटिरहने मृदुभाषी र प्रेरणदायी श्रोतको रुपमा रहनुभएका अध्यक्ष न्यौपानेको निधनले यातायात ब्यबसायीहरु स्तव्ध भएको उल्लेख गरिएको छ ।
विज्ञप्ती मार्फत यातायात ब्यबसायीहरुको तर्फबाट मृतआत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ ।