काठमाडौ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ प्रकासले विप्पा सहितका प्रधानमन्त्री डा बाबुराम भट्टराईले गरेका राष्ट्रिय स्वाधिनतामा असर पार्ने सबै सन्धी सम्झौता करेक्स गर्नु पर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा श्रेष्ठले पार्टी र सरकारभित्र आफू र प्रधानमन्त्री डा बाबुराम भट्टराईवीच ती विषयमा गंभिर मतभेद रहेको जानकारी दिदै विप्पा सम्झौताको विषयमा आफूले मन्त्रीपरिषदको बैठक र भारतीय प्रधानमन्त्री डा मनमोहन सिहंसँगको दुई पक्षीय वार्तामा समेत असहमति प्रकट गरिसकेको स्पष्ट पारे ।