बर्षाको कारण कर्णाली नदीमाथिको पुलमा अवलोकन गर्न आउने पर्यटकको संख्यामा कमी

नेपालको मध्य तथा सुदूरपश्चिम जोड्ने बर्दिया र कैलाली जिल्लाको सिमानामा रहेको कर्णाली नदीमाथिको पुलमा अवलोकन गर्न आउने पर्यटकको संख्यामा कमी आएको छ ।

 

बर्षा शुरु भएसंगै पर्यटकको आवागमनमा पनि कमी आएको हो । यहां विभिन्न जिल्लावाट पर्यटक र विद्यार्थीहरु भ्रमणमा आउने गरेका छन् ।

 

स्वर्गीय गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहँदा २०५० साल मंसीर २८ गते पुलको उद्घाटन गरिएको थियो । जापान सरकारको सहयोगमा निर्माण भएको सो पुलको लम्वाई ५ सय मिटर रहेको छ ।