ट्राफिक नियम उलंघन गर्नेहरुले बैंकमार्फत जरिवाना तिर्नु पर्ने

 काठमाडौं – ट्राफिक नियम उलंघन गर्नेहरुले आजबाट बैंकमार्फत जरिवाना तिर्नु पर्ने भएको छ ।
 
रसिदको प्रयोग गरेर जरिमाना तिर्दा आर्थिक अनियमितता बढेको भन्ने। खबर बाहिर आएपछि यस्तो व्यवस्था गरिएको ट्राफिक महाशाखाले बताएको छ ।
 
अबदेखि कारवाहीमा गर्नेहरुले महाशाखामा गएर भौचर भरेर बैंकबाट जरिवाना तिरेको रसिद महाशाखालाई बुझाउनु पर्ने छ । त्यसपछि जफत गरिएको कागजात फिर्ता लिन पाउने व्यवस्था गरेको छ ।
 
ट्राफिक महाशाखाले दिएको जानकारी  अनुसार ग्लोबल आईएमई बैंकमार्फत जरिवाना तिर्न सकिने छ ।  RSS