ताजकिस्तानमा सरकारी सेना र विद्रोहीबीच भिडन्त, ४२ जना मारिए

ताजकिस्तानमा सरकारी सेना र विद्रोहीबीचको भिडन्तमा ४२ जनाको मारिएका छन् । ताजकिस्तानको दुर्गम गोर्नो बादक्शान प्रान्तमा भएको भिडन्तमा १२ जना सरकारी सेना र ३० विद्रोही मारिएका हुन् ।


प्रान्तीय राजधानी खोरोगका प्रत्यक्षदर्शीहरुले भने घटनामा कम्तिमा पनी दुई सय जना मारिएको दावी गरेका छन् । घाईतेका अनुसार कम्तिमा पनि सय सैनिक र अरु सय जनाभन्दा बढी सर्वसाधारण मारिएका हुन् ।

 

 स्थानीय प्रहरी प्रमुखलाई एक दिन अगाडि विद्रोहीले छुरा प्रहार गरी विभत्स हत्या गरेपछि सरकारी सेनाले विद्रोही नेता तोलिब आयोम्बेकोभविरुद्ध कारवाही सुरु गरेको हो । आयोम्बेकोभ सन् १९९० मा ताजकिस्तानमा भएको गृहयुद्धमा सरकारविरुद्ध मोर्चाका एक महत्वपूर्ण सदस्य थिए ।


गृहयुद्ध अन्त्य भएपनि उनले दुर्गम गोर्नो बादक्शान प्रान्तमा सशस्त्र आन्दोलन जारी राखेका छन । सरकारी टेलिभिजनका अनुसार सेनाले ४० जना विद्रोहीलाई हतियारसहित नियन्त्रणमा लिएको छ । ति मध्ये ८ जना अफगान नागरीक भएको बताईएको छ ।