भारतमा नवनियुक्त राष्ट्रपति प्रणव मुखर्जीद्धारा सपथ

Pranab Mukherjee pays homage at Rajghat before taking oath as the President of India, in New Delhi, on Wednesday. Photo: V.V. Krishnanभारतमा नवनियुक्त राष्ट्रपति प्रणव मुखर्जीले आजबाट पदभार समालेका छन। मूख्य न्यायाधीश एसएच कपाडियाले पौने १२ बजे राष्ट्रपति मुखर्जीलाई सपथ दिलाएका थिए । सपथ समारोहमा उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री मनमोहन सिंह, लोकसभा अध्यक्ष मीरा कुमार, कांग्रेस अध्यक्ष सोनिया गान्धीलगायत नेताहरु उपस्थित थिए ।


राष्ट्रपति चुनावमा मुखर्जीले विपक्षी भारतीय जनता पार्टी समर्थित पीए सग्मालाई भारी मतअन्तरले पराजीत गरेका थियो । लामो राजनीतिक पृष्ठभूमि र अनुभव बोकेका मुखर्जीको आगामी कार्यकालबारे चारतमा निकै चर्चा शुरु भैसकेको छ ।

 
यसैबीच, भारतीय सर्वोच्च पदको सपथ र पदभार ग्रहणको रौनक चलिरहेका बेला अर्कातिर भने आजै दिल्लीमा भ्रष्टाचारविरुद्ध अन्ना हजारे समर्थकहरुले आन्दोलन शुर गरेका छन। जन्तरमन्तरमा हुने भ्रष्टाचारविरुद्ध आन्दोलनको निशानामा अन्नासमर्थकहरुले राष्ट्रपति मुखर्जी स्वयंलाई पनि पारेका छन् ।


यसअलवा प्रधानमन्त्री मनमोहन सिंह र उहाँको मन्त्रिमण्डलका १४ सदस्यविरुद्ध भ्रष्टाचारको आरोप लगाउँदै उनीहरुले छानबीनको माग गरेका छन् । आन्दोलनमा अन्ना स्वयं भने २९ जुलाईदेखि मात्र बस्ने बताइएको छ ।