अबिरल बर्षापछि गएको पहिरोले पर्वतको लुङ्गदी खोलामा रहेको तटबन्ध बगाएपछि धाइरिङ्ग मिलनचोकका आधा दर्जन घर र अस्थायी प्रहरी चौकी वाढीको खतरामा छन् । बाढीले बगाउने खतरा बढेपछि प्रहरी चौकी निजी घरमा सारिएको छ ।
लुङ्गदी खोलाले धाइरिङ्ग गाउँ विकास समितिको मिलनचोकबजार संरक्षणका लागि लगाइएको तटबन्ध बगाएपछि खतरा बढेको हो । यसैगरी कालीगण्डकी नदीले माझफाँट गाबिसको वारीबेनी तर्फको तटबन्ध बगाउँदा वारीबेनी प्रहरी चौकी र वरपरका आधा दर्जन घर जोखिममा परेका छन् ।
जोखिमको अबस्थाबारे जानकारी लिन र उद्दारका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट डिएसपी केदार खनालको नेतृत्वमा प्रहरी टोली पुगेको छ । वर्षाका कारण पटक पटक पहिरो जाँदा बेनी