२०५० सालसम्म नगण्य आर्थिक हैसियत भएका निज पूर्व मन्त्री प्रतिवादी गोविन्दराज जोशी सार्वजनिक पदमा निर्वाचित भई मन्त्री पदमा नियुक्त भएपछि निजले वैधानिक रूपमा आर्जन गरेका पारिश्रमिक, भत्ता, विदेश भ्रमण भत्ता एवं पैत्रिक जग्गा बिक्री समेतबाट प्राप्त गरेका आय आर्जन तथा सोबाट हुने स्वाभाविक खर्च समेतलाई विश्लेषण गर्दा निजले यस अभियोगपत्रमा मागदावी लिईएका चल/अचल सम्पत्तिहरू आर्जन गर्न सक्ने गरी सम्पत्ति संचिती रहन सक्ने देखिंदैन। यसैगरी सासू नीरकुमारी तथा सालो वासुदेव पन्तका सन्दर्भमा हेर्दा निजहरूले चितवन गीतानगरको करीव साढे चार बिगाह पैत्रिक घर जग्गा २०३८ सालसम्ममा बिक्री गरी बानेश्वर, काठमाण्डौमा घर जग्गा खरीद गरी बसोबास गरिआएका, नीरकुमारी पन्त स्वयंको कुनै आय आर्जन गर्ने उमेर र अवस्था नभएको, वासुदेव पन्त र निजकी पत्नी सविता पन्त क्रमशः नेपाल बैंक लिमिटेडको सहायक स्तर तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को सामान्य कर्मचारी भई सोही पारिश्रमिक समेतका रकमबाट आफ्नो जीविकोपार्जन गरी आएको र अन्य कुनै आय आर्जन हुन सक्ने पेशा व्यवसाय पनि नभएको, त्यस्तै निजका एकाघरकी दिदी चोलाकुमारी पन्त पनि सरकारी सेवामा कार्यरत रही सोही पारिश्रमिक समेतबाट निज वासुदेव पन्तको घर व्यवहार चलाउन सहायकसम्म भई आएको देखिंदा मागदावीमा लिईएका सम्पत्तिहरू आर्जन गर्ने एवं अस्वाभाविक रूपमा आर्थिक कारोवार गर्न सक्ने स्थिति नभएको तथ्य स्थापित भएको छ। साथै निज वासुदेव पन्त समेतका एकाघर परिवारका सदस्यहरूको मागदावीमा लिईएका सम्पत्तिहरू निजहरू स्वयंले अवैध रूपमा आर्जन गर्न निजहरूको पदीय काम, कर्तव्य र जिम्मेवारी एवं कार्यालयिक कार्य प्रकृति समेतबाट असम्भव देखिएकोे छ।
प्रतिवादी गोविन्दराज जोशीे ससुराली तर्फका सासू नीरकुमारी पन्त, साला वासुदेव पन्त तथा वासुदेवका कान्छा ससूरा ताराराज पाण्डे समेतका व्यक्तिहरूको पूर्व आर्थिक स्थिति एवं हैसियत तथा हालको (प्रतिवादी गोविन्दराज जोशी मन्त्री भए पश्चात्) स्थितिमा चल/अचल सम्पत्ति संग्रह एवं आर्थिक क्रियाकलाप समेतमा अस्वाभाविक बृद्धि हुन गएको र मागदावीमा लिईएका सम्पत्ति निजै पूर्व मन्त्री जोशीको अवैध आर्जनको सम्पत्ति लुकाउन छिपाउनका लागि निजहरूसँग सक्रिय सहयोग लिईएको र निजहरूले पनि गैरकानूनी रूपमा आफू सक्रिय भई उक्त सम्पत्ति आफ्नो नाममा समेत लुकाई छिपाई राख्न मत सल्लाहमा पसी निज प्रतिवादी गोविन्दराज जोशीलाई सहयोग गरी आएको यथार्थ माथिका विश्लेषण एवं विविध तालिकाहरूबाट स्पष्ट हुन आएको छ। त्यसैगरी निज प्रतिवादी गोविन्दराज जोशीले वदनियतका साथ निजका साला वासुदेव पन्तका अतिरिक्त रामकृष्ण तिवारी मार्फत समेत अवैध आर्जनको सम्पत्ति लृुकाउने गरेको तथ्य स्थापित भएको छ्र। प्रतिवादी ताराराज पाण्डेका सम्बन्धमा हेर्दा निज गोविन्दराज जोशीले अवैध रूपमा आर्जन गरेको सम्पत्तिबाट ललितपुर उप-म.न.पा.-२० ख जावलाखेल स्थित फुमु भुटिया समेतसँग खरीद गरी सासू नीरकुमारी पन्तका नाममा राखेको घर जग्गा लुकाउने छिपाउने प्रयोजनको लागि साला वासुदेव पन्तका कान्छा ससूरा निज ताराराज पाण्डेका नाममा यथार्थमा बिक्री नगरेको तर कानूनतः बिक्री गरेको भान पार्ने प्रपञ्च रची रजिष्ट्रेशन दस्तूर समेत आफैले तिरी सो घर जग्गा निज ताराराज पाण्डेका नाममा राजीनामा गर्ने गराउने समेतको गैरकानूनी कार्य गरेको तथ्य स्थापित भएको छ। यस प्रकारको गैरकानूनी कार्य गर्नुका पछाडिको कारण सम्बन्धमा विश्लेषण गरी हेर्दा सम्पत्ति न्यायिक जाँचबुझ आयोग, २०५८ ले निज गोविन्दराज जोशीको सम्पत्तिको जाँचबुझको क्रममा उक्त घर जग्गा निजै गोविन्दराज जोशीकै भएको मानेको छ। साथै सोही क्रममा सासू नीरकुमारी पन्त तथा साला वासुदेव पन्त समेतको वयान लगायतका आवश्यक अनुसन्धान गरी उक्त घर जग्गा निज गोविन्दराज जोशीले सासू नीरकुमारी पन्तलाई अगाडि सारी प्रस्तुत खरीद बिक्रीको कारोवारमा आफू अप्रत्यक्ष तर मुख्य संलग्न व्यक्ति बनी उक्त गैरकानूनी सम्पत्ति लुकाउने छिपाउने कार्य गरिएको छ।
निज प्रतिवादी गोविन्दराज जोशी सार्वजनिक पदमा प्रवेश गरेपश्चात् निजले भ्रष्टाचार गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी आफ्नो परिवार तथा नातेदार समेतका नाममा लुकाई छिपाई राख्ने रखाउने जस्ता कार्यहरूमा आफ्ना नातेदारहरू समेतलाई सक्रिय रूपमा परिचालन गरी गराई सो सम्पत्तिको उपयोग आफू र आफ्नो परिवारले गरी आफ्नो स्वाभाविक आर्थिक हैसियत भन्दा मनासिव कारण विना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरिआएको तथ्य स्थापित हुन आएको अवस्थामा निजसँग रहेका एवं लुकाई छिपाई राखेका मागदावीमा लिईएका चल/अचल सम्पत्ति आर्जनको वैधानिक स्रोत स्वयं निजले नै प्रमाणित गर्नुपर्ने कानूनी व्यवस्था समेत भएकोमा सो प्रमाणको भार समेत निजले वहन गर्न नसकी सो सम्बन्धमा सोधिएका सवालका जवाफ नदिई आफू अभियोगवाट बच्न सक्छु कि भनी चूपचाप बसी मौनतालाई नै आफूले गरेको भ्रष्टाचारजन्य कसूर ढाकछोप गर्ने माध्यम बनाउने घृष्टता गरी अन्ततोगत्वा न्याय निरुपणको प्रक्रियालाई नै वस्तुतः असहज बनाएको तथ्य समेतले पनि निज प्रतिवादी गोविन्दराज जोशीले वैधानिक स्रोत खुल्न नआएको रु.३,९३,६२,५७६।४५ बराबरको सम्पत्ति गैरकानूनी किसिमबाट आर्जन गरी उपयोग गरी भ्रष्टाचारजन्य कसूर गरेको सिद्ध हुन आएको हुदा प्रतिवादी गोविन्दराज जोशीले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, दफा ७(१) एवं १५ को वर्खिलाप गर्दै सोलाई निरन्तरता दिइएको भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(१) बमोजिमको कसूर गरेकोले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, ७(१) र १५ तथा सोलाई निरन्तरता दिइएको हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) बमोजिम कैद र जरिवाना गरी त्यसरी गैर कानूनी ढंगले आर्जन गरेको विगो रु.३,९३,६२,५७६।४५ मूल्य बराबरको सम्पत्ति साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ग. र दफा २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२) र दफा ४७ एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम अनुसन्धानको क्रममा देखिएको चल/अचल सम्पत्ति सोही रूपमा तथा निजले लुकाए छिपाएको चल/अचल सम्पत्तिका ì