प्लान्टका लागि चितवन, नवलपरासी, धादिङ र नुवाकोटलगायतका संभावित स्थानको अध्ययन भइरहेको उनले बताए।
आफ्नो कल्याणकारी कोषमार्फत आमनागरिकलाईसमेत सेवा सुविधा पुर्याउन नेपाल प्रहरीले काठमाडौको नक्साल र बाराको पथलैयामा पेट्रोल पम्प सञ्चालन गरिरहेको छ।
यसैबीच नेपाल प्रहरीले चारित्रिक प्रमाणपत्र लिनेहरूलाई सुविधा पुगोस् भनेर इन्टरनेटबाटै फारम भर्ने व्यवस्था गर्न लागेको छ। यसका लागि आवश्यक पर्ने बजेटका लागि अर्थ मन्त्रालयसँग पत्राचार भइरहेको जानकारी कार्यक्रममा दिइयो।
नेपाल प्रहरीले आर्थिक वर्ष २०७८/०६९ मा एक लाख ८५ हजार ६१० जनालाई चारित्रिक प्रमाणपत्र उपलब्ध गराएको थियो। रासस