– प्रेमनारायण आचार्य
अर्घाखाँची ११ साउन । अर्घाखाँचीको नुवाकोट गाविसमा रहेको लम्ची निमाबिमा निर्माण भएको शौचालय सहितको २ कोठे भवनको आज उद्घाटन गर्एिको छ ।
जिल्ला शिक्षा कार्यलयको ८ लाख ५० हजार बिद्यालयको आन्तरिक स्रोतबाट ९० हजार र स्थानीय लम्ची सामुदायीक बनबाट ८० हजार गरि कुल १० लाख २० हजारको लागतमा शौचालय सहितको २ कोठे बिद्यालय भवन निर्माण गरिएको प्रधनाध्यापक रामबहादुर खत्रीले बताउनु भयो ।
बिद्यालय भवनको आज एक कार्यक्रमका बिच शिक्षा बिभागका निर्देशक कमलप्रसाद पोख्रेलले रिबन काटेर उद्घाटन गर्नु भएको छ । बिद्यालय निर्माण भएपछि स्थानीय बासिन्दाहरु हर्षित भएका छन् ।
कार्यक्रमको उद्घाटन समारोहमा शिक्षा बिभागका निर्देशक कमलप्रसाद पोख्रेल जिल्ला शिक्षा अधिकारी मित्रमणि खनाल भक्तपुर शिक्षा कार्यलयका बाबुहरी मरासिनी जिल्ला शिक्षा कार्यलयका उपसचिब नेरेन्द्र बेल्बासे शाखा अधिकृत लिलबहादुर राउत स्रोत ब्यक्ति हरिप्रसाद भुसाल चेतनारायण बेल्बासे छिमेकी बिद्यालयका प्रधनाध्यापकहरु ईश्रिप्रसाद भुसाल र पानबहादुर थापाले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष दधिराम आचार्यको अध्यक्षता र शिक्षक ज्ञानबहादुर खत्रीको संचालनमा सम्पन्न भएको हो ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।