अर्घाखाँची जिल्ला २ बर्षमा खुल्ला दिसामुक्त हुने

– प्रेमनारायण आचार्य

 
   अर्घाखाँची ११ साउन । लुम्बिनी अंचलको पहाडी जिल्ला अर्घाखाँची अबको २ बर्षमा खुल्ला दिसा मुक्त जिल्ला हुने भएको छ ।


  सरसफाइको क्षेत्रमा दिगो परिबर्तन गर्न र प्रत्येक ब्यक्तिलाइ शौचालयमा पहुच पुराउन २ बर्षे खुल्ला दिसामुक्त तथा पूर्ण सरसफाइ कार्यक्रम लागु गरि जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गरिने भएको हो ।


  युएन ह्याबिटेडको आर्थिक सहयोगमा नेस्ट पोखरा सिसेक अर्घाखाँची स्कार्डस नेपाल काठमाण्डौ र प्राग अर्घाखाँचीको संयुक्त आयोजनामा २ बर्षे कार्यक्रम लागु गरि खुल्लादिसा मुक्त जिल्ला बनाउन थालिएको नेस्ट पोखराका बिनोद प्रसाद शर्माले बताउनु भयो ।


अहिले सम्म कास्की चितबन र तनहु  खुल्ला दिसा मुक्त घोषणा भएका छन् ।

 





Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु