रहस्यमय दुर्घटनाको सत्य तथ्य छानबिन गर्न काग्रेस अर्घाखाँचीको माग (प्रेस बिज्ञप्ती सहित )


एक स्थानिय कार्यक्रममा स्व. चन्द्रमणि पाण्डे।

 

– प्रेमनारायण आचार्य


   अर्घाखाँची ११ साउन । रहस्यमय मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको सत्य तथ्य छानबिन गर्न नेपाली काग्रेस अर्घाखाँचीले माग गरेको छ ।


   नेपाली कांग्रेस अर्घाखाँचीको आज बसेको आकस्मिक बैठक   पछि  एक प्रेस बिज्ञप्ती जारी गरि काग्रेसले घटनाको सत्य तथ्य बाहिर ल्याउन माग गरेको हो ।


  गएको  असार ३१ गते गोरुसिङ्गेबाट रातको करिब ९ बजेको समयमा सन्धिखर्क तर्फ अउँदै गर्दा कपिलबस्तुको बीरपुर क्षेत्रमा रहस्यमय मोटरसाइकल दुर्घटनामा परी घाईते भएका नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको गएको साउन ४  गतेका दिन काठमाण्डौ स्थित न्यूरो अस्पतालमा  निधन भएको थियो ।


  नेपाली कांग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीको नेतृत्वमा ५ सदस्यिय टोली साउन ६ गतेका दिन कपिलवस्तु पुगेर स्थानिय ब्यक्ति प्रहरी प्रशासन र अभियुक्तहरुलाई भेटी वास्तविक अपराधीलाई पत्ता लगाई कारवाहि गर्नको लागि स्थनिय प्रशासनलाई अनुरोध गरेर फर्केको थियो ।


   अभियुक्तहरुले क-कसलाई उक्त दिन फोन सम्पर्क गरेका थिए घटना पश्चात अभियुक्त मध्येकै ब्यक्तिले मुख्य अभियुक्तलाई घटना घटेको ५ मिनेट भित्रै घटना स्थल पुगेर उद्धार गरेको तर गम्भिर घाइते चन्द्रमणी पाण्डेलाई कुनै वास्ता नगरेको मृतकको मुखमा बाहेक शरिरको अन्य कुनै पनि भागमा घाउचोट नभएको आदि इत्यादि शंकास्पद कुराले रहस्यमय तवरले घटना घटाइएको हुँदा अविलम्ब छानबिनको माग प्रेस बिज्ञप्ति मार्फत गरिएको छ ।


  नेपाली काग्रेसका कार्यबाहाक सभापति हरिहर आचार्य र सचिब बासुदेब आचार्य द्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ । कारवाही अगाडी बढाइरहेको अवस्थामा प्रहरी हिरासतमा रहेका अभियुक्त पृथ्विी थापालाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले छोडेको भन्ने खवरले हामी र हाम्रो पार्टी नेपाली कांग्रेस आक्रोशित भएको छ ।

 
  बिज्ञप्तीमा यसबाट घटनाको सत्य तथ्य बाहिर आएर अपराधीलाई कारवाहि हुने कुरामा थप शंका उत्पन्न भएको छ । अतः प्रहरी प्रशासनले घटनामा संलग्न अभियुक्तहरुलाई पुन पक्राउ गरी दोषी पत्ता लगाई घटनाको यथार्थ छानविन गरी अपराधीलाई कारवाही गर्न नेपाली कांगे्रस अर्घाखाँची जोडदार माग गर्दछ भनि बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

  बिज्ञप्तिमा हाम्रो आग्रहलाई बेवास्ता गरी दोषी पत्ता लगाई कारवाही गर्नुको साटो उन्मुक्तीको कुत्सित प्रयास गरेमा संघस्रका कडा कार्यक्रम तय गरी वास्तविक अपराधी पत्ता लगाउने कार्यमा लागि पर्ने ब्यहोरा समेत उल्लेख गरिएको छ ।

 

       

प्रेस बिज्ञप्ती


२०६९-०४-११ गतेका दिन नेपाली कांग्रेस अर्घाखाँचीको आकस्मिक बैठक बसी गरेको निर्णय प्रेस बिज्ञप्ती मार्फत सार्बजनिक गरिएको छ । 


   यहि २०६९ साल आषढ ३१ गतेका दिन गोरुसिङ्गेबाट रातको करिब ९ बजेको समयमा सन्धिखर्क तर्फ अउँदै गर्दा कपिलबस्तुको बीरपुर क्षेत्रमा रहस्यमय मोटरसाइकल दुर्घटनामा परी नेपाली कांग्रेस अर्घाखाँची क्षेत्र नं. १ का सभापति चन्द्रमणी पाण्डेको यहि २०६९-०४-०४ गतेका दिन काठमाण्डौ स्थित न्यूरो अस्पतालमा दुःखद निधन भए पश्चात शबलाई २०६९-०४-०५ गते अर्घाखाँचीमा ल्याई बि.पी स्मृती भवन नेपाली कांगे्रस जिल्ला पर्टी कार्यालयमा राखी श्रदान्जली कार्यक्रम राखेर दिनको २ बजे मथुरा घाटमा लगी अन्तिम दाहसंस्कार गरिएका थियो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य श्री चन्द्र भण्डारीको नेतृत्वमा ५ सदस्यिय टोली २०६९-०४-०६ गतेका दिन कपिलवस्तु पुगेर स्थनिय ब्यक्ति प्रहरी प्रशासन र अभियुक्तहरुलाई भेटी वास्तविक अपराधीलाई पत्ता लगाई कारवाहि गर्नको लागि स्थनिय प्रशासनलाई अनुरोध गरेर फर्केको थियो । अभियुक्तहरुले क-कसलाई उक्त दिन फोन सम्पर्क गरेका थिए घटना पश्चात अभियुक्त मध्येकै ब्यक्तिले मुख्य अभियुक्तलाई घटना घटेको ५ मिनेट भित्रै घटना स्थल पुगेर उद्धार गरेको तर गम्भिर घाइते चन्द्रमणी पाण्डेलाई कुनै वास्ता नगरेको मृतकको मुखमा बाहेक शरिरको अन्य कुनै पनि भागमा घाउचोट नभएको आदि इत्यादि शंकास्पद कुराले रहस्यमय तवरले घटना घटाइएको हुँदा अविलम्ब छानबिनको माग गरी कारवाही अगाडी बढाइरहेको अवस्थामा प्रहरी हिरासतमा रहेका अभियुक्त पृथ्विी थापालाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले छोडेको भन्ने खवरले हामी र हाम्रो पार्टी नेपाली कांग्रेस आक्रोशित भएको छ । यसबाट घटनाको सत्य तथ्य बाहिर आएर अपराधीलाई कारवाहि हुने कुरामा थप शंका उत्पन्न भएको छ ।

 

अतः प्रहरी प्रशासनले घटनामा संलग्न अभियुक्तहरुलाई पुन पक्राउ गरी दोषी पत्ता लगाई घटनाको यथार्थ छानविन गरी अपराधीलाई कारवाही गर्न नेपाली कांगे्रस अर्घाखाँची जोडदार माग गर्दछ । हाम्रो आग्रहलाई बेवास्ता गरी दोषी पत्ता लगाई कारवाही गर्नुको साटो उन्मुक्तीको कुत्सित प्रयास गरेमा संघस्रका कडा कार्यक्रम तय गरी वास्तविक अपराधी पत्ता लगाउने कार्यमा लागि पर्ने ब्यहोरा समेत अनुरोध छ ।

 


 

अन्य समाचारहरु