३० औं गृष्मकालिन ओलिम्पिक प्रतियोगिता: लण्डन ओलिम्पिक्स २०१२ ( LIVE)


 


LIVE: लण्डनबाट प्रत्क्षय भिडियो लाईभ! ब्रिटेनको लन्डनमा आज २७ जुलाईबाट अगस्ट १२ सम्म ३० औं गृष्मकालिन ओलिम्पिक प्रतियोगिता संचालन हुदैछ। विश्वभरका १० हजारभन्दा वढि खेलाडीहरु ओलिम्पिक शहर लन्डनमा आईपुगेका छन।

 

सन् २०१२ को जुलाई र अगष्ट महिनामा हुने ओलिम्पिक प्रतियोगिता लण्डन शहरले आयोजना गर्ने तेस्रो ओलिम्पिक्स खेल हुनेछ।


लण्डनमा पहिलो पटक ओलिम्पिक्स प्रतियोगीता सन् १९०८ मा भएको थियो भने दोस्रो विश्वयुद्धपछि सन् १९४८ मा दोस्रो पटक लण्डनले खेल आयोजना गर्न पाएको थियो।


उद्घाटन समारोह भन्दा दुई दिन अगाडी नै यो प्रतियोगीताका प्रथम खेलहरु आरम्भ हुनेछन्। सन् २००० को सिड्नी ओलिम्पिक्स देखि नै यस्तो चलन चलेको हो। कार्डीफ शहरस्थित मिलेनियम रंगशालामा महिला फुटबलको समूह चरणको पहिलो खेलबाट सन् २०१२ को ओलिम्पिक्सको प्रतियोगीताको आरम्भ हुनेछ।


समापन समारोह हुने अन्तिम दिन, १२ अगष्टमा, आधुनिक पेन्टाथलन, बक्सिंगका बांकी पदक, र एथलेटिक्सको अन्तिम प्रतियोगीताका रुपमा पुरुष म्याराथन दौड हुनेछ।


मुख्य ओलिम्पिक्स रंगशालामा समापन समारोहको आयोजना गरी, सन् २०१६ को निम्ति खेल ब्राजीलको रियो शहरलाई हस्तान्तरण गरिएपछि लण्डन ओलिम्पिक्स समाप्त हुनेछ।

लण्डन


लण्डन शहरको इतिहास ब्रिटेनमा रोमन साम्राज्यको आधिपत्यको समयसंग जोडिएको छ। यस्लाई रोमनहरुले लंडिनियम भन्ने गर्दथे र शहरको पुरानो क्षेत्रलाई सिटि अफ लण्डन भनिन्छ।


१९ औं शताब्दीमा त्यस इलाका वरपर विस्तार भएको बस्तीलाई समेत लण्डन भन्न थालिएको हो। कला, ब्यापार, मनोरञ्जन, फेशन, पर्यटन जस्ता मापदण्डलाई विचार गर्ने हो भने लण्डनलाई विश्व कै एउटा सांस्कृतिक राजधानी भन्न सकिन्छ।


शिक्षाको दृष्टिले हेर्दा पनि लण्डन महानगरमा ४३ वटा विश्व विद्यालयहरु छन्, जस्ले गर्दा यस शहरलाई युरोपमा नै शिक्षाको प्रमुख केन्द्र भन्न सकिन्छ।


लण्डन विविधताको शहर पनि हो, यहांका बासिन्दाले ३०० वटा भन्दा बढी भाषाहरु बोल्दछन्। लण्डनको भुमिगत रेल सेवा संसारको सबैभन्दा पुरानो हो र यसलाई