काठमाडौं – थाहा भए अनुसार नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले पूर्व प्रधान मन्त्रीका हैसियतमा पाएको सुविधाको गाडी फिर्ता गरेका छन। एमाले प्रचार विभाग सचिव सूर्य थापाका अनुसार खनालले आजबाट सरकारले दिएको सुविधाको गाडी फिर्ता गरेका हुन्।
सरकारले अध्यादेशबाट पूर्व प्रधान मन्त्री, गृह मन्त्रीलगायत उच्च अधिकारीलाई सुविधामा गाडी तथा कर्मचारी र सुरक्षाको व्यवस्था गर्ने व्यवस्था गरेको छ। चुनाव लगायतका विषयमा फरक मत राख्दै आएका नेताहरुले सुविधा पाएको विषयमा आफ्नो धारणा सार्वजनिक नगरेपछि उनीहरुको आलोचना भएको थियो।
खनालभन्दा अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सातौं विस्तारित बैठकमा सरकारी सुविधाको विलाशी गाडी फिर्ता गर्ने घोषणा गरेका थिए। एमालेकै माधवकुमार नेपालले पनि सुविधाको गाडी फिर्ता गरिसकेका छन्।