राष्ट्रपतिले निर्वाचन अध्यादेश स्वीकृत गरेपनि मंसिर ७ गतेभित्र निर्वाचन सम्भव नहुने प्रमुख निर्वाचन आयुक्तको स्पष्ट

कार्यवहाक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले राष्ट्रपतिले निर्वाचन कानून सम्बन्धी दुवै अध्यादेश स्वीकृत गरेपनि मंसिर ७ गतेभित्र निर्वाचन सम्भव नहुने बताएका छन् । कास्कीको पोखरामा आज संचारकर्मीहरुसँग कुरागर्दै कार्यवहाक प्रमुख आयुक्त उप्रेतीले संविधान संशोधन नभएसम्म निर्वाचन हुन नसक्ने वताएका हुन् ।


अध्यादेशबाट कानुन मात्र संशोधन हुने भन्दै उप्रेतीले संविधान संशोधन नभएसम्म निर्वाचन हुन नसक्ने स्पष्ट पारे । उनले दलहरुको सहमतिमा संविधान संशोधन गर्न सकिने भन्दै संसद नहुँदा देश दुष्चक्रमा फसेको टिप्पणी गरे ।


 
कार्यवहाक प्रमुख निर्वाचन आयुक्त उप्रेतीले एक दुई दिनमै निर्वाचन आयोगको बैठक बसेर मंसिर ७ गते निर्वाचन सम्भव नहुने कुराको औपचारिक निर्णय गरिने समेत सो अवसरमा जानकारी गराए ।

 

– RSS