बुटवल डेस्क – नेकपा माओवादी मगराँत राज्य समिति इन्चार्ज तथा केन्द्रीय सदस्य सन्तोष बुढा मगरले संविधानसभा भंग गराउने मुख्य दलका चार शिर्ष नेताहरुलाई असफल घोषणा गरिनुपर्ने बताएका छन् । उनले संविधानसभाको अर्को निर्वाचनको कुनै औचित्य नभएका कारण गोलमेच सम्मेलन मार्फत निकास खोजिनुपर्ने बताए ।
क्रान्तिकारी पत्रकार महासंघ अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बाल्दै नेता मगरले उक्त कुरा बताएका हुन् । उनले मूल पार्टीमा विचलन आएपछि पार्टी विभाजन गर्न आफुहरु बाध्य भएको बताए ।