अन्ततः मुख्य सचिवमा लिलामणि पौडेल

सरकारले अन्ततः लिलामणि पौडेललाई मुख्य सचिव बनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री कार्यालयका सचिव पौडेललाई मुख्य सचिवको जिम्मेवारी दिएको हो ।


प्रधानमन्त्री डा. बाबुराम भट्टराइको प्रस्तावमा पौडेललाई हाललाई कामु मुख्य सचिवको जिम्मेवारी दिएर साउन २२ गते मुख्य सचिवमा वढुवा गर्ने निर्णय भएको हो ।


सत्तारुढ दलहरुबीच नै तीब्र मतभेद भएपछि आज विहान ८ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक दिउँसो १ बजेपछि मात्र बसेको थियो । बैठकमा प्रधानन्त्री भट्टराइले पौडेललाई मुख्य सचिव बनाउने प्रस्ताव अडानकै रुपमा राखेको स्रोतले जनाएको छ ।


सक्षमभन्दा पनि आफु निकटकालाई मूख्यसचिव बनाउने दलीय स्वार्थका कारण यसपटक पनि मुख्य सचिव नियुक्तिको विषय विवादित बनेको छ । -RSS