त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ब्यबस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिने सरकारको तयारी रोक्न सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिमआदेश जारी गरेको छ । भारतीय कम्पनीलाई विमानस्थलको ब्यबस्थापन गर्न दिने सरकारको तयारी विरुद्ध परेको रिटमा आज सर्वोच्चले प्रारम्भिक सुनुवाई गर्दै सरकारलाई उक्त कार्य तत्काल रोक्न आदेश दिएको हो ।
सर्वोच्चको विशेष अदालतमा भएको सुनुवाईमा न्यायाधीशहरुबीच मत बाझिएको छ । ३ सदस्यीय इजलासमा न्यायाधीशद्धय सुशीला कार्की र तर्कराज भट्टले उक्त निर्णय कायान्वयन नगर्न अन्तरिम आदेश दिएका थिए ।
त्यस्तै अर्का न्यायाधीश रामकुमार प्रसाद साहले भने अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्दै राय बझाएका थिए । न्यायाधीशहरुबीच मत बाझिएको खण्डमा बहुमतलाई आधार मान्ने नियम बमोजिम उक्त आदेश दिइएको हो ।