१५ वर्ष कम उमेरकी किशोरीसित विवाह गरेर शारीरिक सम्बन्ध राखे त्यो बलात्कार ठहर्ने दिल्लीको उच्च अदालतको फैसला

१५ वर्षभन्दा कम उमेरकी किशोरीसित विवाह नै गरेर शारीरिक सम्बन्ध राखे पनि त्यो बलात्कार ठहर्ने भारतको दिल्ली उच्च अदालतले जनाएको छ । यस मामिलामा पुरुषलाई धार्मिक अधिकारका रुपमा संरक्षण नमिल्ने अदालतले प्रस्ट्याएको छ ।
 
समाचार एजेन्सी पीटीआईका अनुसार कार्यकारी मुख्य न्यायाधीश एके सिकरीको अध्यक्षतामा तीन न्यायाधीश सम्मिलित बेन्चले १५ वर्षभन्दा कम उमेरकी पत्नीसँग सम्बन्ध राख्नु कानूनअनुसार अपराध हो भनेको छ । यस कानूनको कुनै अपवाद हुन सक्दैन ।
 
यसलाई सख्तरुपमा लागू गर्न आवश्यक छ, अदालतले भनेको छ । केटीको विवाहसम्बन्धी भारतीय दण्डसंहिता, बालविवाह रोकथाम र हिन्दु विवाहसम्बन्धी नियमका विभिन्न प्रवाधानसम्बन्धमा उठेका सवालको जवाफमा अदालतले यस्तो फैसला सुनाएको हो । कम उमेरकी किशोरीको सहमतिमै सम्बन्ध भए पनि त्यो दण्डनीय हुने अदालतले जनाएको छ ।

 

– पीटीआई