समाचार अनुसार ‘थप तयारीका लागि बाँकी रहेका दिन पर्याप्त नहुने भएकाले आयोगले यो मितिमा निर्वाचन गर्न नसक्ने जनाएको हो’, पत्रकार सम्मेलनमा निमित्त प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले भने- ‘हामी समयसीमा धेरै लचक हुँदा पनि तर पनि वातावरण बन्न सकेन।’
यसअघि साउन ७ गतेसम्म समय सीमा दिएर आयोगले सरकारलाई गर्नुपर्ने काम सक्न भनेको थियो। ‘यो पछि पनि लचक भएर हामी थप केही दिन कुर्यौं’, उप्रेतीले भने- ‘तर पनि वातावरण नबनेपछि आयोगले बाध्य भएर सक्दिनँ भन्नु परेको हो।’