डट्कम कर्मी गाउले र खनाल पुरस्कृत

तानसेन, पाल्पा । स्थानिय निकायमा खोज पत्रकारितामा समाचार लेखन गरी योगदान दिएकोमा अर्घाखाँची डट्कम कर्मी उमाकान्त पाण्डे गाउंले र कृष्ण खनाल पुरस्कृत भएका हुन ।



पाल्पा प्रयटन बिकास केन्द्र र ओएसआइको सहयोगमा भएको “CapacityBuilding of Local Journalist “ नामक परियोजना मार्फत खोजमुलक समाचार प्रकाशन गरेकोमा उनिहरु नगद ५ हजार तथा प्रमाण पत्र सहित सम्मानित भएका हुन ।



गाउलेले नाम मात्र को नागरिक बडापत्र र बुटवलनगरपालीकामा हुने लापर्वाहीको समाचार लेखेका थिए भने खनालले सो नगरपालिकामा हुने बजेटको प्रयोग , सुशासन – पार्दर्शिता तथा दुरुपयोग सम्बन्धमा समाचार लेखेका थिए । 



पत्रकार गाउंले र खनाल सोही सस्थाद्वारा दिईने दोस्रो चरणको पुरस्कारका लागि समेत छनौटमा परेका छन ।

 

पत्रकार द्वय अहिले पुनह: स्थानिय निकाय सम्बन्धमा समाचार लेख्ने तयारीमा छन । खोज पत्रकारिता केन्द्रको मातहतमा  पाल्पा प्रयटन बिकास केन्द्र र ओएसआइको सहयोगमा सन्चालित पारीयोजनाले डट्कम् कर्मी द्वयलाई छनौटमा पारेको हो ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु