वर्षाका कारण अर्घाखाँचीका अधिकांश ग्रामिण सडक अवरुद्ध

– वीरेन्द्र केसी


सन्धिखर्क, अर्घाखाँची । वर्षाका कारण सदरमुकामबाट गाउँमा जाने अधिकाश सडकहरु भत्किएर अवरुद् बनेका छन । पहिरोले सडक पुरेको छ भने वगेर बाटो लगेपछि सवारी चल्न सकेका छैनन ।


सदरमुकामबाट गाउँमा खाद्यन जान नसकेपछि गाउँमा दैनिक अत्यावश्यक वस्तुहरुको अभाव हुने थालेको छ । जिल्लाका करिब ३ सय भन्दा बढी कच्ची सडकहरु मध्ये २ सय ५० जति सडकहरु बिगि्रएपछि एक सातादेखि गाडी जान सकेका छैनन ।


गाउँका मुख्य सडकमा बस टक जान सकेका छैनन भने सहायक र टोलका बाटाहरुमा जीप जान सकेका छैनन ।


देउराली यातायात समितिका अनुसार सन्धिखर्क वाडला बल्कोट ठुलापोखरा भगवती हुदै गुल्मीको सदरमुकाम जाने मुख्य सडक एक महिनादेखि बीच बीचमा पहिलो गएर सडक अवरुद्ध भएकाले गाडी चलेका छैनन ।


यस्तै सिद्धारा धनचौर सुवर्णखाल सिमलपानी जुकेना जलुके लगायत ४२ मध्ये २५ गाविसमा पुग्ने सडकहरु बिगि्रएकाले गाडी जान सकेका छैनन । सडक अवरुद्धले गाउँमा आवत जावत गर्न कठिनाई परेको गाउँलेको भनाई छ । गाउँदा चामल दाल चिनी नुन तेल लगायतका अत्यावश्यक वस्तुहरुको अभाव देखिन थालेको छ ।

 


जिल्लाको दक्षिणी भेगमा सात गाविसमा पुर्णतया गाडी ठप्प भएको छ ।

 



Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.


अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



अन्य समाचारहरु