कांग्रेस नेता एवं पूर्वमन्त्री खुमबहादुर खड्काको भ्रष्टाचार सम्बन्धी मुद्दाको फैसला साउन ३० मा हुने भएको छ ।
सार्वजनिक पदको दुरुपयोगगरी अकुत सम्पत्ति आर्जनगरी भ्रष्टाचार गरेको अभियोग सम्बन्धी मुद्दाको अन्तिम फैसला साउन ३० गते हुने भएको हो ।
सर्वोच्च अदालतमा सोमबार र मंगलबार भएको बहस सकिएपछि न्यायाधीशद्धय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले साउन ३० गते अन्तिम फैसला गर्ने तय भएको छ ।
पूर्वमन्त्री खड्का विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ कार्तिक ४ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । त्यतिखेर खड्कालाई विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी, कोमलनाथ शर्मा र चोलेन्द्र शमशेर जबराको इजलासले २०६३ कार्तिकमा सफाई दिएको थियो ।
विशेषको उक्त फैसला विरुद्ध अख्तियारले खड्का विरुद्ध २०६३ चैतमा सर्वोच्चमा पुनरावेदन गरेको थियो । खड्कामाथी पटक