अमेरिकाले अफगानिस्तानमा निर्माण कार्यमा खर्च गरेको करोडौं डलर रकम व्यर्थमा खेर गएको खुलासा

अमेरिकाले अफगानिस्तानमा निर्माण कार्यमा खर्च गरेको करोडौं डलर रकम व्यर्थमा खेर गएको खुलासा भएको छ । अफगानिस्तानमा अमेरिकी निर्माण कार्य सम्बन्धी योजना रेखदेख गर्ने विशेष इन्स्पेक्टर जनरल जोन सोपले आफ्नो रिपोर्टमा यो खुलासा गरेका हुन् ।


अफगानिस्तानमा अमेरिकी सरकारको नितिको आलोचना गरिएको यो रिपोर्ट अमेरिकी संसदमा पेश गरिएको छ । जोन सोपले आफ्नो रिपोर्टमा अमेरिकी निर्माण कार्यको परियोजनाहरुमा योजना , समन्वय र योजना कार्यान्वयन गर्ने सबै तरिका कमजोर रहेको जनाएका छन् ।


सन् २००२ देखी नै अमेरिकी प्रशासनले अफगानिस्तानमा निर्माण कार्यबाट आम अफगान नागरिकको मन जित्दै अफगान सरकार प्रति समर्थन बढाउने प्रयासमा रहेको बताइएको थियो । अमेरिकाको रक्षा र विदेश मन्त्रालयको प्रत्यक्ष रेखदेखमा अफगानिस्तानमा सडक , पुल , विद्युत गृह आदि क्षेत्रमा निर्माण गरिनु पर्ने थियो ।


तर यस्ता कार्यक्रम लामो भएको र समयसीमा पछि पनि पूरा हुन सक्ने देखिंदैनन् । यस्ता कार्यक्रम अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फर्कनु भन्दा पहिला पूरा नहुने र अफगान सरकारले कार्यक्रमलाई दिनेमा आशंका जनाइएको छ ।