अमेरिकाले पाकिस्तानलाई एक अर्ब अमेरिकी डलर सहयोग दिने भएको छ । अफगानिस्तानमा रहेको नेटो सेनाका लागि खाद्य सामग्री आपूर्तिसम्बन्धि सम्झौतामा अमेरिका र पाकिस्तानबीच हस्ताक्षर भएलगत्तै अमेरिकाले यो सहयोग प्याकेज घोषणा गरेको हो ।
पाकिस्तानमा रहेका अमेरिकी बरिष्ठ राजनीतिज्ञ रिचर्ड होगलैंड र पाकिस्तानी रक्षा मन्त्रालयका सचिवबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
गत बर्षको २६ नोभेम्बरमा पाकिस्तानको कबायली क्षेत्रमा नेटोको हवाई आक्रमणमा पाकिस्तानी सैनिक मारिएपछि अमेरिका र पाकिस्तानबीच सम्बन्ध चिसिएका बेला भएको यस सम्झौताले यी दुई देशबीच सम्बन्ध सुध्रने अपेक्षा गरिएको छ ।
यसअघि सन् २००१ को ११ सेप्टेम्बरमा अफगानिस्तानमा रहेका नेटो सेनाका लागि समान आपूर्तिसम्बन्धि लिखित सम्झौता भएको थियो ।