– उमाकान्त पाण्डे गाउँले
बल्कोट गाउँ विकास समितिको वार्ड नम्बर ३ का चन्द्र बहादुर कुमाल आज भोली घरमा पैनी थाप्दैनन । घरेलु मदिरा (रक्सी) बनाउन माटोबाट बनेको पैनीको प्रयोग हुन्छ । अहिले गाउघरमा घरेलु मदिरा बनाउन नपरे पछी उनले ती माटाको भाडो पैनी बनाउन छोडेका हुन ।
मदिरा बनाए पनि खासै बिक्री हुँदैन । सबैले आज भोली बजारमा पाइने ट्याङ्रा अर्थात बोतलमा राखेर बिक्री गर्ने मदिरा गाउघरमै पाउछन । गाउघरमै सस्तोमा प्याक गरेको मदिरा पाए पछी गाउघरकाले घरमा पारेको रक्सी पीउन मन पराउदैनन । ” त्यसर्थ रक्सी पार्न छोडे , त्यो नबनाए पछी पैनी पनि किन चाइयो र ?” साजबोटका चन्द्र बहादुर कुमालले भने ।
त्यस्तै साजबोटकै झविलाल कुमालले आज भोली कसैको घरमा गएर रात बिताउदैनन । “पहिला अरु साथीभाइको घरमा गएर रात भरी रक्सी धोकेर बसिन्थ्यौ अहिले त जती चाइयो त्यती बोतलमा पाउछ किन अरुको घरमा गएर बस्नु ?” जे होश अहिले रक्सी सजिलै पाउछ झबिलालले बताए ।
गाउघरका खोल्सा खोल्सी तथा बाटोको छेउछाउ ढिकढाक जताततै रक्सीका सिसा वाला बोतल तथा ट्याङ्रग्रा (प्लास्टिक)का बोतल समेत देख्न सकिन्छ ।
गाउघरमा पहिला दोकान(पसल) हुँदैनथे । एउटा पसल भेट्टाउन पुरै गाउ चाहर्नु पर्थ्यो अहिले त घरघरमा छन । साजबोटका पुराना व्यापारी तथा वार्ड अध्यक्ष नारायण सापकोटाका अनुसार अहिले गाउघरका प्रत्येक टोल टोलमा सडक विस्तार भएको छ । सडक विस्तार भए अनुसार व्यवसाय गर्न खोज्ने हरु पनि बढेका छन । अहिले एक दुई घर बिराएर प्राय सबैका दल्यानमा दोकान छन ।
चन्द्रकान्त पाण्डे र बुद्दीराम पाण्डे एउटै आमाका कोखबाट जन्मिएका दुई भाई हुन। उनीहरुको घरको बलेनी एकै ठाउँमा झर्ने गर्छ । तर उनीहरु दुबैका घर दोकान छन।उनका अर्का माइला भाई बुटवलमा बस्छन । चन्द्रकान्तले घरको दल्यानमा फल्याक लगाइ दोकान थापेको ३ बर्ष भयो भने बुद्दिरामले थापेको भने ५ महिना मात्र भयो । उनीहरु व्यवसाय बाट सन्तुस्ट छन । ग्राहक भनेका मन खाएका ब्याक्क्ती हुन । जसलाई जहाँ जान मन लाग्छ आउछन जान्छन । सबैका आ-आफ्ना ग्राहक छन व्यवसायी बुद्दिराम पाण्डेले भने ।
गाउमा रहेका कुमाल जातीका घरमध्ये प्राय एक घरको कम्तीमा पनि एक जना मान्छे मुग्लान भारत वा अन्य बैदेशिक रोजगारिमा गएका छन । अन्यले पारीवारिक घर खर्च चलाऊन अहिले घर बनाउने – भारी बोक्ने तथा खेतीकिसानीका काम गर्ने गर्छन् । उनीहरुले प्राय दैनिक रुपमा उधारो चलाऊने र मासिक रुपमा पैसा भुत्तानि गर्ने गरेकोले मासिक तथा द्वैमासिक लगायत परिस्थिती हेरेर उधारो दिने गरिन्छ ।
बल्कोट गाविस अन्तर्गत ९ वटा वार्ड छन । नौ वार्ड मध्ये अधिकतम सबै वार्डमा मिश्रित प्रकारको वस्ती छ । त्यस मध्ये सबैभन्दा विकट भनेर चिनिने ३ नम्बर वार्डमा जम्मा १ सय ३७ घरधुरी छन । जसमध्ये ७८ घरधुरी कुमाल जातीका छन भने ५९ घरधुरी अन्यका छन । १ सय ३७ घरधुरी भएको गाउमा कतीवटा पसल हुन सक्लान ? दुई,चार वा पाच ? तर तपाईंहार्मो यो अनुमान गलत हुन्छ । यस् गाउमा जम्मा २९ वटा दोकान (पसल)छन । ति सबै पसलका ग्राहक भनेका भनेका कुमाले जाती हुन । प्राय अन्य सबैका घरघरमा दोकान सन्चालित छन ।
२९ दोकान मध्ये २ देखी ४ वटा पसलमा मात्र खाद्दन्न स्टक गरी राखिएको छ भने अन्य प्राय सबैमा किराना समाग्री पाईन्छ । अन्य प्राय सबै पसलमा अनाधिकृत रुपमा मदिरा बेचबिखन गर्न सामाग्री राखिएको छ । त्यस ठाउँमा प्रहरी प्रशासनले खासै चासो देखाउदैन । बिहान – दिउस देखी मध्यरात सम्म पनि खुलेआम मदिरा बिक्रीवितरण गरिएको छ । गाउंमा बुटवल बाट सामान लैजाने गरिन्छ । बजारमा त्यती स्थान नपाएका सामाग्रीले गाउमा राम्रै स्थान पाउछन । गाउघरमा सस्तोमा धेरै बस्तु भाउ खोज्ने चलन हुने स्थानिय इस्वरी घर्तीले बताइन ।
Copyright 2012 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.
अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।