बर्मामा मुस्लिमहरुमाथि त्यहाँको सेनाले यातना दिने गरेको एक मानवधिकारवादी संस्थाले जनाएको छ ।
दुई महिनाअघि त्यहाँ भएको साम्प्रदायिक दंगामा मुस्लिम अल्पसंख्यकमाथि अन्याय हुँदा सरकार मौन बसेको मानवअधिकार संगठन ह्युमन राइट्स वाचले आफ्नो प्रतिवेदनमा जनाएको छ ।
जून महिनामा बौद्ध र रोहिग्या धर्म मान्ने मुस्लिमबीच भएको दंगामा त्यहाँको सेना तमासे मात्र बनेको पनि वाचले जनाएको छ ।
पश्चिमी बर्माको रखाइन प्रान्तमा बस्ने मुस्लिममाथि सेनाले गरेको अत्याचारबारे १५ दिनको अन्तरमा दोस्रो प्रतिवेदन दिँदै उक्त संस्थाले सेनाले मुस्लिमहरुको हत्या गर्नुका साथै महिलाका साथ बलात्कार गरेको र हजारौंलाई गिराफ्तारीमा लिएको जनाएको छ ।