सिरियाका लागि विशेष दूत तथा संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानले सिरियामा युद्धविराम गराउने दिशामा आफुले गरेको प्रयासप्रति निराश हुँदै राजिनामा दिएका छन।
यसैगरी आगामी अगष्ट ३१ मा सकिदै गरेको मिसनलाई नबढाउने समेत उनले बताएका छन।
सिरियाको राजधानी दमस्कसमा विद्रोही विरुद्धको भीषण सरकारी कारवाहीमा सयौ मानिस मारिएका छन् । सेनाले घर घरमा घुसेर मानिसहरुका कागजात माग्दै केही शंकास्पद व्यक्तिहरुलाई मारेको विपक्षीले आरोप लगाएका छन् ।
मारिने अधिकाशसलाई टाउको, घांटी र मुखमा गोली हानिएको जनाईएको छ ।
सरकारी टेलिभिजनले दर्जनौं आतंककारीले आत्मसमर्पण गरेको र केही कारवाहीका क्रममा मारिएको जनाएको छ ।
विद्रोहीले दुई हप्ता यता दमस्कस र एलेप्पोको धेरै भू