सचेतनाका लागि सबैमा अपिल

मिति: २०६९ श्रावण १९, शुक्रवार  
नेपाली महिला जसको जो सग विवाहको बन्धनमा बाँधिएर पतिको रूपमा स्वीकार गरेर आउनुभएको छ उहाहरुलाई पीएसएम नेपालको आग्रह ।  
श्रीमान् विदेश गएको छ भन्दैमा सरकारी स्कुल पढीरहेका छोराछोरीलाई निजी बिधालय (बोडिङ्ग) नहाल्नु होला । कानमा टप,मुन्द्रा र घाँटीमा सिक्रि नखोज्नुहोस । आँटो र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिका चामल नखोज्नुहोस ।  मोही र गाबाको तरकालीलाई बंग्याएर मासु र हुस्कि र वियरमा मन नडुलाउनुहोस । गाउँघर छोडेर बजारको मंगो कोठा भाडा तिरेर बस्न नखोज्नुहोस ।  
किनकी विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ । जो कोही कुनैपनि बेला कसैको शिकार बनेर बाकसमा प्याकिङ हुनुपर्ने अवस्था हुन्छ दैवले जानुन ।
 
तसर्थ मोजमस्ती र विलाशी जिबनशैली होइन साधरण जिबनशैलीमा रमाउन सिक्नुहोस् । 
बिदेस मा दुख र अनेकौ हण्डर अनि अर्काको घरमा नोकरको दर्जामा रहेर हरेक पलहरु संग आफ्नो परिवारको सुखाद्पलको लागि मरिमेट्ने श्रीमानहरुलाई पनि हाम्रो सुझाब छ कि नेपाल मा रहेर आफ्नी श्रीमतीको कमाइ मा मोज गर्दै क्याबिन रेस्टुरेन्ट छिरेर बियरको चुस्की संगै फेरी फेरी जवानी तरुनीहरुको काखमा लड़बदिदै पैसा को खोलि बगाउन नखोजनुहोश ।  खबरदार अब आखा खोल किनकि भोलि तिमि संग न त दुइदिने मायालुको साथ रहन्छ ,न त बियरको को मात। 
जतीबेला तिम्रो गोजी रित्ति सकेको हुनेछ तेतिबेला तिम्रो श्रीमतीले छोडेर जादा एक्लिएर रुनु सिबाय केहि बाकी हुने छैन किनकि अब तिमीले महिला हरुलाइ घरमा हेपेर कुटपिट गर्दै जिन्दगि काट्न बाध् गराउन छोडीदेउ । अब सोसक श्रीमान हरुको पालो गयो । 
महिलाहरु पनि चुलाचौकीमा मात्र सिमित छैनन । जसका बाबा आमा आफ्नो जिन्दगीनै कसैको गुलामीमा सुम्पेर दिनरात संघर्स गरिरहेका छन् ।  तिनै छोरा छोरिहो महँगो बाइसाइकल ,मोबाइल र फेसन को दुनिया बाट अलिकति अलग्गिएर हेर सोच आफ्नो बाबु आमा संग केहि सिक जिउन कति गाह्रो छ ? भनेर 
डिआर जी सुमन 
पी.एस.एम.
नेपाल संयोजक