क्षतिबाट त्रसित अधिकांश जापानीहरु परमाणु उर्जाको विरोधमा

पटक पटक भुकम्प र आँधी तुफानपछि फुकुसीमा परमाणु ऊर्जा केन्द्रका कारण व्यहोर्नुपरेको क्षतिबाट त्रसित बनेका जापानीहरु परमाणु ऊर्जाको विरुद्धमा उभिएका छन् । परमाणु उर्जा सम्बन्धि मुद्दाले जापानको आगामी आमनिर्वाचनलाई प्रभावित पार्ने संचारमाध्यमहरुले जनाएका छन् ।


धेरै मानिसहरुको बुझाईमा आगामी आमनिर्वाचनमा अहिलेको सत्तासीन दल डेमोक्रटिक पार्टी अफ जापान (डिपिजे) सत्ताच्युत हुनेछ । तीन वर्षअघि डिपिजे ५० वर्ष देखि निरन्तर सत्तामा रहेका लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) लाई पराजित गरी सत्तामा आएको थियो ।


तीन वर्षमा तीनवटा प्रधानमन्त्री दिएको डिपिजेले कर्मचारीतन्त्रलाई सहि ढंगले संचालन गर्न नसकेको र उपभोक्ता तथा कामदार वर्गलाई बढी कर लगाएको आरोप खेप्दै आएको छ ।