– मेक्सिको उत्तरी कोहुइला राज्यको एक कोइलाखानीमा भएको दुर्घटनामा ६ जना कामदारको मृत्यु भएको छ । खानीमा करिब सय टन कोइला र चट्टान खस्दा दुर्घटना भएको बताइएको छ ।
चट्टान खस्दा घाइते भएका एक जना मजदुरलाई सकुशल उद्धार गरिएको छ । चट्टान खसेको क्षेत्र मिथेन ग्यास पाइने क्षेत्र मानिन्छ । दुर्घटनाको समयमा खानीमा २ सय कामदार रहेको र उनीहरु मध्ये धेरैलाई तुरुन्तै सुरक्षित स्थानमा लगिएको खानी सञ्चालकले जनाएका छन् ।
कोेहुइला कोइला खानीमा गत वर्ष भएको दुर्घटनामा ३० जनाको मृत्यु भएको थियो । ५० हजार भन्दा बढी मानिसले काम गर्ने कोहुइलाका विभिन्न कोइलाखानी सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण मानिन्छन् । एजेन्सी