सन्धिखर्क । अर्घाखाँची जिल्लाको सन्धिखर्क तथा चुत्रावेसी बजार आसपासका युवाहरुको भेला आज सन्धिखर्कको नजिकै पर्यटकीय स्थल लदम बँगैचामा सम्पन्न भएको छ ।
भेलामा करिव ४०/५० जना युवाहरुको उपस्थिती रहेको भएपनि अझ व्यापक युवाहरुको उपस्थितीमा आगामी २७ गते पूर्ण भेला बस्ने निर्णय आजको भेलाले गरेको छ ।
२७ गते वस्ने भेलाले नै संस्थाको भावी कार्यनीति तथा योजनाका साथ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको आजको भेलामा सहभागी युवा व्यवसायी कृष्ण खनालले जानकारी दिएका छन् ।