यमनको दक्षिणी प्रान्त अब्यानमा आत्मघाती वम आक्रमणमा २५ जना मारिए

यमनको दक्षिणी प्रान्त अब्यानमा आत्मघाती वम आक्रमणमा २५ जना मारिएका छन् ।

 

विश्वव्यापी आतंकवादी संजाल अल कायदाका संदिग्ध आक्रमणकारीले दक्षिणी प्रान्त अब्यानको जार गाउँमा एक जनाको अन्तिम संस्कार चलिरहेको बेला आत्मघाती विष्फोट गाराएका थिए ।


प्रत्यक्षदर्शीका अनुसार ति आक्रमणकारी अलकायदाका सक्रिय छापामार थिए । अलकायदाविरुद्धको कारवाहीमा यमनी सेनालाई सहयोग गरेका एकजना पूर्व मिलिशियाको अन्तिम संस्कार चलिरहेको स्थलमा विष्फोट गराइएको थियो ।

 

 अघिल्लो दिनमात्रै अमेरीकी सेनाले उक्त स्थानमा गरेको ड्रोन हमलामा अलकायदाका ५ आतंकवादी मारीएका थिए । यसैको जवाफस्वरुप आतंकवादीले यो हमला गरेको आशंका गरीएको छ ।