नासाको अन्तरिक्ष यान मार्स रोभर सफलतापूर्वक मंगलग्रहमा अवतरण,मंगलग्रहमा पानीको अवस्था र जीवनको संकेत खोज्ने

– अमेरिकी अन्तरिक्ष एजेंसी नासाले पठाएको ‘क्यारियोसिटी’ यान सोमबार बिहान ११ बजे मंगल ग्रहको सतहमा सफलता पूर्वक अवतरण गरेको छ । नासाले मंगल ग्रहमा जीवको अस्तित्व खोज्न यान सहितको रोबोट पठाएको हो । मंगलग्रहको सतहमा यानको अवतरणसंगै नासाका वैज्ञानिकहरुमा खुशियाली छाएको छ । २०११ को नोभेम्वर २६ मा यो रोबोटलाई पृथ्वीबाट पठाइएको थियो ।

 

नासाको अन्तरिक्ष यान मार्स रोभर सफलतापूर्वक मंगलग्रहमा अवतरण गरेको छ । प्रतिकुल मौसमका कारण अवतरणमा कठिनाइए उत्पन्न हुनसक्ने र मंगलग्रहमा आइरहने धुलाम्य आँधीले बाधा पुर्याउन सक्ने आशंका गरिएको मार्स रोभर सफलतापूर्वक अवतरण गरेको हो ।
 Mars rover Curiosity heads into the home stretch
अहिलेसम्मकै सबैभन्दा ठूलो र खर्चिलो तथा अत्यन्तै महत्वाकांक्षी मानिएको क्युरोसिटी नामक उक्त मार्स रोभरलाई गतबर्ष सन् २०११ नोभेम्बरमा प्रक्षेपण गरिएको थियो । यो रातो ग्रहमा कम्तीमा दुई बर्षसम्म सक्रिय रहने र यस अवधिमा यसले मंगलग्रहमा रहेका खाल्डोहरुको अध्ययन गर्नेछ ।

In search of signs of life on Mars
साथै यसले मंगलग्रहमा पानीको अवस्था र जीवनको संकेत खोज्ने छ । यो एउटा मोटरबाट चल्ने बाहन हो र यसले पृथ्वीबाट पठाइएका निर्देशन पछ्याउदै मंगलधर्तीमा बिचलन गर्नेछ ।

 

२४ हजार करोड मील दुरी तय गरेर यान सहितको रोबोट मंगल ग्रहा पुगेको हो । यस यानले दुई वर्ष सम्म मंगलग्रहबाट सूचना पठाउने छ ।


 

यानले मंगल ग्रहमा इतिहासमा कुनै जीवनको चिह्न भए/नभएको बारे खोजी गर्नेछ। नासाले ग्रहमा पठाइएको यो सबैभन्दा कठिन रोबोट रहेको जनाएको छ। नासाले यस्तो र यती ठूलो यान कहिले बनाएको थिएन ।  ‘क्यूरियोसिटी’ नामक यस रोबोटको लागत करिब २‍‍‌‍‍.५ अर्ब डलर छ ।

 

यानको मंगलमा अवतरणप्रति अमेरिकी राष्ट्रपति बाराक ओवामाले ट्विटरमार्फत् खुशी तथा बधाई व्यक्त गरेका छन्।