सिरियामा सरकारी सेना र विद्रोहीविच भीषण संघर्ष जारी, प्रधानमन्त्री रिआद हिजावद्धारा विद्रोहीलाई सघाउने घोषणा


 

सिरियाली प्रधानमन्त्री रिआद हिजावले पद त्याग गर्दै विद्रोहीलाई सघाउने घोषणा गरेका छन् ।


हिजाब साढे २ महिना अघि मात्र राष्ट्रपति बसर अल असदको सरकारमा प्रधानमन्त्री बनेका थिए । सन् २०११ मार्च देखि सुरु भएको सरकारविरुद्धको विद्रोह सुरु भएपछि सकारलाई छाडेर विद्रोहीलाई साथ दिने हिजाब सबैभन्दा बरिष्ठ अधिकारी हुन् ।


सरकारी टिभीले भने प्रधानमन्त्री हिजावलाई भने बर्खास्त गरेको दावी गरेका छन् । सिरियामा सरकारविरुद्धको आन्दोलन सुरु भएपछि १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले सरकारी सेना र विद्रोहीबच संघर्ष चलिरहेको छ ।

 

सिरियाको राजधानी दमस्कसमा सरकारी टेलिभिजन र रेडियो स्टेशन रहेको भवनमा बम विस्फोट भएको सिरियाली टेलिभिजनले जनाएको छ ।

दमस्कसको उमावायिन स्वायरस्थित टेलिभिजन रहेको भवनको तेस्रो तल्ला र रेडियो स्टेशन रहेको भवनमा गराइएको विष्फोटमा ३ जना घाईते भएका छन् । विष्फोटपछि पनि त्यहाँं रहेका ३ वटा सरकारी टेलिभिजनको प्रसारणमा भने असर नपुगेको बताइएको छ ।


सरकार समर्थित अल इख्बारिया टेलिभिजनले विस्फोटमा घाईते भएका आफ्ना कर्मचारीको तस्वीर प्रसारण गरेको छ । गत जुन महिनामा एक जना बन्दुकधारीले यही टेलिभिजनमा गरेको आक्रमणमा ७ जनाको मृत्यु भएको थियो ।


सिरियाका सूचनामन्त्री ओमार अल जोवीले राष्ट्रिय सञ्चारमाध्यममा गरिएको आक्रमण आततायी र कायरतापूर्ण भएको भन्दै घटनाको छानविन गरिने बताउनु बताएका छन् ।

 

– एजेन्सी