विपक्षी दलसम्वद्ध युवा संगठनहरुले तीन दिनयताको गर्दै आएको चक्काजामका कारण काठमाण्डौं अस्तब्यस्त

काठमाडौं। विपक्षी दलसम्वद्ध युवा संगठनहरु आज पनि विहानैदेखि उपत्यका बन्द गराउन उत्रेका छन् । उनीहरुले गरेको चक्काजामका कारण विहानैदेखि सडकमा फाट्टफुट्ट मात्र गाडी चलेका छन् । आज काठमाडौंबाहिर पनि बन्द गरिएको खबर छ ।


हिजो पनि उनीहरुको चक्काजामका कारण काठमाण्डौं उपत्यकाको जनजीवन प्रभावित बन्यो । लाखौ विद्यार्थी विद्यालय र कलेज जानबाट वञ्चित भए । आज पनि विद्यार्थीले विद्यालय र कलेज जान पाएका छैनन् ।

तीन दिनयताको चक्काजामका कारण शैक्षिक क्षेत्र अस्तब्यस्त बनेको छ । कतिपय विद्यालयले हिजो ११ बजेपछि कक्षा संचालन गरेका थिए । विहान ६ देखि १० बजेसम्म भनिएको चक्काजामका कारण काठमाडौं उपत्यकाका लार्खौलाख विद्यार्थी घरमै बस्न बाध्य भएका थिए । RSS